मोफसलबाट मोडलिङमा डेब्यु मार्दै १६ वर्षीया आर्या


१४ कार्तिक २०७७, शुक्रबार
arya shrebastav 1

काठमाडौं, १४ कार्तिक । पछिल्लो समयमा म्युजिक भिडियोहरु निरन्तर रुपमा बजारमा आइरहेका छन् । दिनहुँ जस्तो नयाँ मोडेल र कलाकारहरु जन्मिरहेका छन् ।

मोडलिङको रहर अवसरको खोजीमा धेरै रहेको पाइन्छ । रहर सबैको हुन्छ मोडलिङमा रम्ने तर पनि मोडलिङमा भविष्य बनाउने सीमित हुन्छन त्यसमा एक प्रतिनिधि बनेकी छिन् प्रदेश–२ घर भई हाल काठमाडौमा बस्दै आएकी आर्या श्रीवास्तव ।

१६ बर्षीया आर्या श्रीवास्तव मोडलिङमा नै आफनो भविष्य खोजिरहेकी छन् । विभिन्न स्टेज कार्यक्रमहरुमा मोडलिङ गर्दै आएकी आर्या श्रीवास्तव आफू रहरले नभएर सफल कलाकार बन्ने सपना पुरा गर्नका लागि यस क्षेत्रमा लागेको बताउँछिन् । आर्याले उत्साहित हुँदै भनिन्, ‘मेरो सानैदेखि कलाकार बन्ने ठूलो सपना थियो । त्यही सपनालाई पुरा गर्न म मोडलिङमा आएकी हुँ ।’

मेहनत गरे अनुसार सफलता पाउनेमा आफू निकै आशावादी रहेको समेत बताउदै आर्याले भनिन्, ‘गर्दै जाँदा एक दिन अवश्य पनि सफलता मिल्छ त्यसैले मैले मोडलिङलाई निरन्तरता दिनुपर्छ, सबैको सुझाव र प्रेरणाका साथ एकदिन सफल हुने विश्वास लिएकी छुँ ।’ हुन त आर्या श्रीवास्तव कलाकार मात्र बन्ने उनको शौख होइन उनी एउटा मोडलको रुपमा आफनो पहिचान बनाउनको लागि पनि सिने क्षेत्रमा आउन चाहेको उनले बताइन् ।

विभिन्न स्टेज कार्यक्रम गदैं आएकी आर्यालाई छोटो समयमै सफलता पनि मिलेको छ । ‘सानै उमेरदेखि मोडलिङ क्षेत्रमा एउटा छुट्टै नाम कमाउन चाहन्थे’, उनले भनिन् । आफनो कर्तव्यबाट कहिल्यै टाढा नभइ हिम्मत र शाहसका साथ अगाडि बढिरहने उनी बताउँछिन ।

घरपरिवारमा यस क्षेत्रमा खासै कोही नलागे पनि परिवारको राम्रै सपोर्ट छ उनलाई । परिवारको माया र हौसलाले आफू उत्साहित भएको बताउँदै उनले साथीहरुको सपोर्टले काम गर्न सजिलो हुनेमा आफूमा आत्मविश्वास भरिएको उनले सुनाइन् ।

१६ औं बसन्त पार गरेकी आर्या एकअर्काको भावना बुझ्नु, सुखदुखमा साथ नछोड्नु नै मायाका रुपमा लिन्छिन् । बजारमा देखिएको फेसनेवल माया आफूलाई राम्रो नलाग्ने उनी बताउँछिन ।

आर्या श्रीवास्तव भन्छिन्, ‘माया प्रेम भन्ने वित्तिकै जो पायो उसको विश्वास गर्नाले पछुताउनु पर्छ, माया भनेको सोचेर गर्नुपर्छ उनले भनिन्, ‘प्रेम फेशन होइन, देखाउनका लागि लगाउने लुगा होइन प्रेम त केवल भावनात्मक हुनुपर्छ अनि मात्र जीवन निर्वाह गर्न सहज हुन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७