कोरोनाबाट चितवनमा थप दुई पुरुषको मृत्यु


१४ कार्तिक २०७७, शुक्रबार
chitwan medical college S2LvOMUHAV

चितवन, १४ कार्तिक । कोरोना भाइरस संक्रमणबाट चितवनमा थप दुई जनाको ज्यान गएको छ ।
चितवन मेडिकल कलेजमा उपचाररत एक जना चितवनका र अर्का रुपन्देहीका पुरुषको मृत्यु भएको हो ।

चितवनको रत्ननगरपालिका–९ का ८८ वर्षीय पुरुषको आज बिहान ६ बजेर ५४ मिनेट जांँदा मृत्यु भएको अस्पतालका प्रेस संयोजक डाक्टर किशोर अधिकारीले जानकारी दिए ।

उच्च रक्तचाप र मधुमेहको समस्याबाट पीडित उनी कात्तिक ११ गते अस्पतालमा भर्ना भएका थिए । उनको स्वाव परीक्षण गर्दा १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको अस्पतालको कोभिड आईसियु कक्षमा उपचार भइरहेको थियो ।

यसैगरी रुपन्देहीको जिल्ला वुटवल उपमहानगरपालिका–८ का ८४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कात्तिक ३ गते कोरोना पुष्टि भएर ११ गते अस्पताल भर्ना भएका उनको गएराति ११ बजेर ४७ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

डा. अधिकारीका अनुसार उनमा ज्वरो, उच्चरक्तचाप र श्वास प्रश्वासको समस्यालगायतका लक्षण थियो । उनको पनि कोभिड आइसियु कक्षमा राखेर उपचार हुँदै आएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७