इन्स्टाग्रामबाट अब चार घण्टा लाइभ गर्न मिल्ने


१४ कार्तिक २०७७, शुक्रबार
thumb 1 1

काठमाडौं, १४ कार्तिक । फोटो सेयरिङ एप इन्स्टाग्राममा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने भएको छ । यसअघि एक घण्टा मात्रै लाइभ गर्न मिल्ने व्यवस्था रहँदै आएकामा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने व्यवस्था गर्न लागिएको कम्पनीले घोषणा गरेको छ ।

थप गर्न लागिएको सेवा इन्स्टाग्रामका सबै प्रयोगकर्ताहरुले विश्वभर जुनसुकै ठाउँबाट पनि प्रयोग गर्न पाउने भएका छन् । नयाँ व्यवस्थाले विशेष गरेर योग र गीत–संगीत आदिको भिडियो लाइभ गर्न चाहने, कलाकार, पाक कलामा संलग्नहरुलगायतलाई फाइदा हुने अपेक्षा गरिएको छ ।

त्यसबाहेक लामो भिडियो बनाउन मिल्ने कार्यमा लागेकाहरु वा त्यस्तो प्रसारण गर्न चाहनेहरुलाई उपयोगी हुने कम्पनीका अधिकारीहरुले विश्वास व्यक्त गरेका छन् । ’तपाईंको भिडियो आर्काइभमा राख्न सकिन्छ, त्यो ३० दिनसम्म मात्रै रहन्छ, आर्काइभमा भएको बेलामा तपाईंले मात्रै हेर्न सक्नुहुन्छ,’ इन्स्टाग्रामद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

आर्काइभमा भएको भिडियोलाई डाउनलोड गरेर आफ्नो डिभाइसमा राख्न पनि मिल्ने व्यवस्था गरिएको छ । इन्स्टाग्रामले यो विषेशता अहिले नै लागू भइनसकेको र चाँडै नै लागू हुने पनि जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७