आज थपिएका ३५ सय १७ जना कोरोना संक्रमितमध्ये कुन जिल्लाका कति ?


१४ कार्तिक २०७७, शुक्रबार
korona

काठमाडौं, १४ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ३५ सय १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६८ हजार २३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा थप १४ हजार ९८९ पीसीआर परीक्षण भएसँगै अहिलेसम्मको परीक्षणको संख्या पुगेको छ ।

मन्त्रालयले पछिल्ले २४ घण्टामा थप ४ हजार ९६ जना संक्रमित निको भएको जानकारी दिएको छ। यो सँगै निको हुनेको संख्या १ लाख २८ हजार ९ सय ५८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।
आज (शुक्रबार) कुन जिल्लामा कति संक्रमित थपिए ?
इलाम ४
उदयपुर १३
ओखलढुंगा ३
खोटाङ ४
झापा १३४
तेह्रथुम ३
धनकुटा ५
पाँचथर १
भोजपुर ४
मोरङ २५५
संखुवासभा ३
सुनसरी १३७
सोलुखुम्बु २
धनुषा १५
पर्सा १७
बारा १०
महोत्तरी ७
रौतहट १५
सप्तरी १६
सर्लाही ५
सिराह २४
काठमाडौं १५०८
काभ्रे ७३
चितवन १२३
दोलखा २७
धादिङ १९
नुवाकोट ३३
भक्तपुर १३१
ललितपुर २४९
सिन्धुपालल्चोक १२
सिन्धुली ५
कास्की ११२
गोरखा १३
तनहँु २५
नवलपरासी पुर्व २९
पर्वत १२
म्याग्दी ४
लमजुङ ९
बाग्लुङ ७
स्याङजा १३
अर्घाखाँची ३
कपिलवस्तु ६
गुल्मी ८
दाङ ५१
नवलपरासी ८
पाल्पा ७
बर्दिया १९
बाँके ४१
रुकुमपुर्व १
रुपन्देही १२०
रोल्पा १
कालिकोट २
जाजरकोट ३
जुम्ला ६
डोल्पा १
दैलेख १३
सल्यान १
सुर्खेत ७
हुम्ला १
कञ्चनपुर १४
कैलाली २८
डडेल्धुरा ५
डोटी २
दार्चुला १
बझाङ १

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७