अल्फा कियरमा पिसिआर परीक्षण सुरु : घर-घरमा सेवा, ७ घण्टामै रिपोर्ट


१४ कार्तिक २०७७, शुक्रबार
Alfa health

काठमाडौं, १४ कात्तिक । अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर (अल्फा केयर)ले कोरोना भाइरस (कोभिड–१९) को पिसिआर परीक्षण सुरु गरेको छ । नयाँ बानेश्वर स्थित अल्प केयरले अत्याधुनिक सुविधा सहित परिक्षण सुरु गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृति प्राप्त गरी मन्त्रालयले तयार गरेको मापदण्ड अनुसार परीक्षण सुरु गरिएको अल्फा केयरका प्रबन्ध निर्देसक प्रा.डा. बिदुर वस्तीले जानकारी दिए । उनले भने,‘अत्याधुनिक सहित गुणस्तरीय ल्याब र किटको प्रयोग गरी पिसिआर सुरु गरेका छौं ।’

Alfa Bit Helath Desk 2


अल्फा केयरले मलेकुलर ल्याब अन्तर्गत पिसिआर सुरु गरेको हो । यूएस एफडिए स्वीकृत मेसिन र युएस एफडिए को माकुरा कम्पनिले तयार गरेको किट प्रयोग गरी पिसिआर परिक्षण भइरहेको वस्तीको भनाई छ । संस्थामा एमडि, एमएस गरेका मेडिकल डाक्टर तथा माइक्रोबायोजि अध्ययन गरेका योग्य ब्यक्तिबाट सेवा प्रदान गरिने अल्फा केयरले जनाएको छ ।

अल्फा केयरले ल्याबसम्म आउन समस्या भएका ब्यक्तिलाई सुरक्षा साबधानी अपनाएर घरमै सेवा समेत दिने भएको छ । सरकारले तोकेको मापदण्ड अनुसार गुणस्तरीय सेवा दिने र सरकारले निर्धारण गरेको शुल्कमा पिसिआर परीक्षण हुनेछ । दुई वटा मेसिनबाट दैनिक एक हजार दुई सय परीक्षण गर्न सक्ने क्षमता रहेको छ । सो ल्याबले रिपोर्ट बिहानदेखि दिउँसो १ बजेसम्म संकलन भएका स्वाबको बेलुका पाँच बजे रिपोर्ट दिइने भएको छ । माग बढेमा क्षमता समेत बढाउन सकिने जनाएको छ ।

नयाँ बानेश्वरस्थित अल्फा हाउसको दोस्रो तलामा १५ हजार बर्गमिटर क्षेत्रफलमा ल्याब रहेको छ । डायग्लोस्टीक सेन्टर भएकाले अन्य सेवा समेत गुणस्तरीय प्रदान गर्ने जनाएको छ । अल्फा केयरमा रहेको फार्मेसीमार्फत औषधि समेत गुणस्तरीय प्राप्त गर्न सकिने अल्फा केयरले जनाएको छ ।

तस्बिरमा अल्फ केयर :

Alfa Bit Helath Desk 3
Alfa Bit Helath Desk 4
Alfa health Center

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७