सानु कुमार श्रेष्ठ प्रदेश-३को सभामुखमा निर्विरोध निर्वाचित


२७ माघ २०७४, शनिबार
Sanu kumar Shrestha

हेटौंडा, २७ माघ : प्रदेश ३ को सभामुखमा एमालेका सानुकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारी दर्ताका लागि दिउँसो १ बजेसम्म समय तोकिएको थियो । तर, श्रेष्ठको मात्र उम्मेदवारी परेपछि उनी निर्विराेध भएका हुन् ।Sanu kumar Shrestha

एमालेकै माधवकुमार नेपाल गुटले उम्मेदवारी दिने तयारी गरेको थियो तर, अन्तिममा आएर रोकिएको छ । माधव नेपाल पक्ष भक्तपुरका राजेन्द्रमान श्रेष्ठलाई सभामुखको उम्मेदवार बनाउने तयारीमा लागेको छ ।

प्रदेश ३ को संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई पराजित गर्दै संस्थापन पक्षका डोरमणि पौडेल निर्वाचित भएपछि नेपाल पक्षले पार्टीभित्र सन्तुलन मिलाउन सभामुख आफ्नो पक्षले पाउनुपर्ने दाबी गरेको छ । तर यसको बेवास्ता गर्दै ओलीले शुक्रबार नै सानु श्रेष्ठलार्इ उम्मेदवार बनाउने निर्णय गरेकाे थियाे ।

काठमाडौं जिल्ला विकास समितिका पूर्व सभापतिसमेत रहेका काठमाडौं क्षेत्र नम्बर २ (क) बाट निर्वाचित भएका  हुन् ।एमाले पोलिट ब्यूरो सदस्य समेत रहेका श्रेष्ठले मन्त्री बन्न नचाहेपछि उनलाई सभामुख बनेका हुन् ।  प्रदेश ३ मा उपसभामुख भने माओवादी केन्द्रले पाएको छ।

यसअघि उपसभामुखमा माओवादीले राधिका तामाङलाई छानिसकेको छ। वाम गठबन्धनको भागबन्डाअनुसार प्रदेश ३ को मुख्यमन्त्री र सभामुख एमालेलाई र उपसभामुख माओवादीलाई परेको छ।

१ सय १० सदस्यीय प्रदेश ३ मा एमालेको एकल बहुमत छ। उसका ५८ सदस्य छन्। एमाले संसदीय दलको नेता डोरमणि पौडेल चयन भइसकेका छन्।

याे पनि पढ्नुहाेस्

संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य पराजित
डोरमणि पौडेल : मेयरदेखि मुख्यमन्त्रीसम्मको यात्रा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७