कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु, नेपालमा मृतक संख्या ९३७ पुग्यो


१५ कार्तिक २०७७, शनिबार
korona covid 19 1 scaled

काठमाडौं, १५ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७ जनाको ज्यान गएको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९३७ पुगेको छ । यो कूल संक्रमितको ०.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा १३ सय ५७ सहित देशभर थपिए २५ सय आठ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १३ सय ५७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७८८ पुरुष र ५६९ महिला गरेर २४ घण्टामा उपत्यकामा १३ सय ५७ संक्रमित थपिएका हुन् ।

अहिले काठमाडौं जिल्लामा मात्र १० हजार ५०१ जना होम आइसोलेसनमा छन् । ललितपुरमा २२ सय ५७ जना होम आइसोलेसनमा हुँदा भक्तपुरमा भने १७ सय १९ जना मात्र छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थपिएका २ हजार ५०८ जना कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकाका १३ सय ५७ जना रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ७० हजार ७४३ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार २७९ पीसीआर परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार २६४ जना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या १ लाख ३१ हजार २२२ पुगेको छ । यो कूल संक्रमितको ७६.९ प्रतिशत हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७