उपत्यकामा जोर बिजोरको नियम उल्लङ्घन गर्ने कारबाहीमा {भिडियो}


१५ कार्तिक २०७७, शनिबार
trafic ktm

काठमाडौं, १५ कार्तिक । सरकारले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा लागु गरेको जोर बिजोरको नियम उल्लङ्घन गर्नेलाई कारबाही गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले शनिबार पनि जोर बिजोरको नियम पालना भए वा नभएको अनुगमन गरी नियम पालना नगर्ने सवारीसाधनलाई कारबाही गरेको हो ।

महाशाखाले दशैं सकिएसँगै काठमाडौं उपत्यकामा सवारी साधनको चाप पुनः बढ्न थालेपछि जोरविजोरको नियम पालना भए नभएको अनुगमन गरी नियम पालना नगर्नेलाई कारबाही गरेको हो ।

महाशाखाले दैनीक करिव ४ सय भन्दा बढी दुई पांग्रे र चारपांग्रे सवारी साधनहरुहरुलाई कारबाही गरेको जनाएको छ । लकडाउन र निषेधाज्ञापछि पनि कोरोना संक्रमणको दर बढ्दै गएको छ ।

कोरोना संक्रमणको दर बढ्दै जाँदा निषेधाज्ञा हटाइएपनि संक्रमणको जोखिम न्युनिकरणका लागि भन्दै सरकारले काठमाडौं उपत्यकामा जोरविजोर प्रणालीलाई कायमै राखेको छ ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७