२ हजार ५०८ जनामा कोरोना संक्रमण, संक्रमित १ लाख ७० हजार ७४३ पुग्यो {भिडियो}


१५ कार्तिक २०७७, शनिबार
corona virus covod 19 1536x1057 1 1


काठमाडौं, १५ कार्तिक । नेपालमा शनिबार थप २ हजार ५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणका क्रममा थप २ हजार ५०८ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयको आधिकारीक वेबसाइटमा शनिबार राखिएको तथ्यांकका अनुसार काठमाडौं उपत्यकामा थप १ हजार ३५७ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ११३ जना, भक्तपुरमा ४९ जना र ललितपुरमा १९५ जना कोरोना संक्रमित थपिएका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ । यस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ भने हालसम्म मृत्यु हुने कोरोना संक्रमितको संख्या ९३७ जना पुगेको छ ।

मन्त्रालयका अनुसार शनिबार थप २ हजार २६४ जना संक्रमितले कोरोना जितेका छन् भने हालसम्म कोरोना निको हुनेको संख्या १ लाख ३१ हजार २२२ जना पुगेको छ ।

हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार ५८४ जना रहेको छ । यस्तै देशभर २ हजार ४१० जना क्वारेन्टिनमा रहेका छन् ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७