कटुवा पेस्तोलसहित दुई जना पक्राउ


१६ कार्तिक २०७७, आईतवार
pestol
प्रतिकात्मक तस्विर

सिरहा, १६ कार्तिक । सिरहा जिल्लाको बन्दीपुरबाट कटुवा पेस्तोलसहित बिहीबार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बन्दीपुर बजारमा स ७ प २५५३ नम्बरको मोटरसाइकललाई चेक गर्ने क्रममा एक थान कटुवा पेस्तोल र एकथान गोली, ६ थान लागूऔषध नाईट्रोभेट ट्याब्लेटसहित कर्जन्हा नगरपालिका–२ का २२ वर्षीय डिम्पल यादवलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनामा संलग्न प्रेमनाथ यादवलाई समेत पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७