पूर्व पत्नीतर्फका छोराको बयानले तनावमा गायक कुमार सानु


१६ कार्तिक २०७७, आईतवार
kumar sanu bq5GCARsCm

नयाँदिल्ली, १६ कार्तिक । जान कुमार सानुले मराठी भाषामा दिएको बयानका कारण निम्तिएको विवाद रोकिने छाँटकाँटमा छैन ।

यो विवाद जान कुमार सानुको परिवारसम्म पुगेको छ । केहि दिनअघि उनको बयानमा उनका पिता तथा गायक कुमार सानु र उनकी श्रीमती रिता भट्टाचार्यले माफी मागेका छन् । यस्तै अब कुमार सानुले एउटा भिडियो जारी गर्दै छोरा कहिले बिग बसमा जाओस् भनेर आफूले कहिल्यै नचाहेको बताएका छन् । यसका साथै उनले अघिल्लो भिडियोमा आफ्नी श्रीमतीमाथि लगाएको आरोपबाट पनि यूटर्न लिएका छन् ।

वास्तवमा कुमार सानूले पछिल्लो भिडियोमा जानको बयानको कारण कतै न कतै उनकी श्रीमतीको गलत हुर्काइएको एक कारण भएको बताएका थिए । जबकी यो भिडियोमा कुमार सानुले आफ्नी श्रीमतीको तारिफ गरेका छन् र उनको हुर्काइलाई सही बताएका छन् । यसका साथै उनले आफ्नो सम्बन्धविच्छेदको विषयमा राहुलको बयानबारे पनि कुरा गरेका छन् ।

कुमार सानु भन्छन्, ‘साधारण जीवनमा जान निकै राम्रो केटा हो । सबैको ख्याल राख्छ तर बिग बसमा उसले दबाबमा आएर केही भनिरहेको हुन्छ किनभने उसको उमेर पनि कम छ । उनकी आमाले उसलाई निकै राम्रो संस्कार दिएकी छिन् ।

छोरा बिग बसमा जाओस् भनेर म चाहँदैनथें । मैले यसका लागि उसलाई केही सहयोग गरिनँ । उसलाई मन लाग्यो, त्यसैले अडिशन दियो र शोको हिस्सा बन्नका लागि पूरा कोशिस पनि गर्‍यो ।’

यसका साथै कुमार सानुले राहुल बैद्यको गायकीको तारिफ गर्दै उनले आफूहरुको सम्बन्धविच्छेदको कुरा कोट्याउँदा निकै दुःखी भएको बताए । कुमार सानुले भने, ‘कुनै दुई व्यक्तिको आपसमा कुरा मिल्दैन भने, उनीहरु अलग हुने कुरा निजी निर्णय हो । तर यो कुरा उनीहरुको बच्चाहरुको अगाडि बारम्बार भन्नु सही होइन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७