नेकपाको एकतामा गम्भीर संकट आयो : महासचिव विष्णु पौडेल


१६ कार्तिक २०७७, आईतवार
Bishnu poudel 2 scaled

काठमाडौं, १६ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले एकतामा गम्भीर संकट आएको बताएका छन् । उनले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन् ।

‘यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको छ । आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्ता नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुसमक्ष अनुरोध गर्दछु’, उनले भनेका छन् ।

b

अहिले नेकपाका दुई अध्यक्ष केपी शर्मा आली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच असमझदारी चुलिइरहेका बेला स्वयम् सोही पार्टीका महासचिवले पार्टी विभाजनतिर गइरहेको संकेत गरेका छन् ।

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले राजदूत नियुक्तिलगायतका विभिन्न निर्णय एकलौटी रुपमा गरेको भन्दै अर्का अध्यक्ष प्रचण्ड बिच्किएका छन् । अहिले दुई अध्यक्षबीच करीब–करीब संवादहिनताको अवस्था छ । हिजो १२ दिनपछि अध्यक्ष प्रचण्ड बालुवाटार पुगेर ओलीलाई सचिवालय वैठक राख्न प्रस्ताव गरेका छन् । तर, ओलीले कुनै जवाफ दिएका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७