मानपुर चौधरीलाई श्रद्धाञ्जली दिन सप्तरी पुगे प्रदेश अध्यक्ष प्रभु साह


१६ कार्तिक २०७७, आईतवार
123624269 3397461266989865 951572782984584907 n

सप्तरी, १६ कार्तिक । कोरोनाबाट निधन भएका संविधानसभा सदस्य एवम् नेकपा प्रदेश कमिटी सदस्य मानपुर चौधरीलाई श्रद्धाञ्जली दिन प्रदेश अध्यक्ष प्रभु साह सप्तरी पुगेका छन् ।

चौधरीको कञ्चनरुप नगरपालिका–४, कविलासास्थित घर पुगेका अध्यक्ष साहले उनको तस्वीरमा फूल माला चढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् । अध्यक्ष साहले चौधरीका घरपरिवारका सदस्यहरुसँग करिब आधा घण्टा भेटघाट एवम् छलफल गरे ।

उनका आफन्त एवम् स्थानीयसंग छलफल गर्दै अध्यक्ष साहले मानपुर चौधरी नेपाली कम्युनिष्ट आन्दोलनका एक जुझारु योद्धा भएको बताए । चौधरीको निधनले देशलाई ठूलो क्षति भएको अध्यक्ष साहले बताए ।

‘कमरेड मानपुर चौधरीजी एकदमै मिलनसार, सादा जीवन, सदैव देश र जनताको हितको बारेमा मात्र सोच्ने स्वभावको हुनुहुन्थ्यो । आम किसान मजदुरसँग घुलमिल भएर बस्ने एवम् सरल स्वभावका भए पनि समाज बदलावको अभियान भने त्यति नै सशक्त एवम् इमानदार हुनुहुन्थ्यो’, अध्यक्ष साहले भने, ‘उहाँको निधनले नेपाली कम्युनिष्ट आन्दोलनले एउटा जुझारु योद्धा गुमाएको छ । मुलुकका लागि अपुरणीय क्षति हो ।’

अध्यक्ष साहसँगै नेकपा केन्द्रिय सदस्य एवम् सप्तरी जिल्ला अध्यक्ष अशोक कुमार मण्डललगायतका नेता तथा जनप्रतिनिधिहरु उपस्थित थिए । कार्तिक ११ गते कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७