सपनामा पनि एमसीसीमा हस्ताक्षर हुँदैन : श्रीलंकाली राष्ट्रपति


प्रकाशित मिति : November 1, 2020

काठमाडौं, १६ कार्तिक । श्रीलंकाका राष्ट्रपति गोताबाय राजापाक्षेले आफ्नो सरकारले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) मा सपनामा पनि हस्ताक्षर नगर्ने बताएका छन् ।

राजापाक्षेले एक पत्रिकासँग कुरा गर्दै सपनामा समेत एमसीसीमा हस्ताक्षर नगर्नेे स्पष्ट पारेका हुन् । ‘सपनामा पनि एमसीसीमा हस्ताक्षर हुने छैन,’ राजापाक्षेले भनेका छन् । राजापाक्षेले हालै भ्रमणमा आएका अमेरिकी विदेशमन्त्री माइक पम्पेओसँग सौहार्द्र वार्ता भएको पनि बताएका छन् ।

‘यसअघि अमेरिकी कूटनीतिज्ञहरु भ्रमणमा आउँदा मानवअधिकार उल्लंघनको विषय उठाउँथे । तर, यसपटक यो मुद्दाबारे हामीले अमेरिकालाई सम्झायौं,’ उनले भनेका छन् । राजापाक्षले पम्पेओलाई आफ्नो भूमि अन्य कुनै मुलुकविरुद्ध प्रयोग हुन नदिने बताएको पनि उल्लेख गरेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्