कस्मिरमा भारतीय सेनाको कारवाहीमा चरमपन्थी समूहका प्रमुख मारिए, सहायक समातिए


१७ कार्तिक २०७७, सोमबार
kasmir

नयाँदिल्ली, १७ कार्तिक । भारत प्रशासित कस्मिरमा भारतीय सुरक्षाकर्मीको कारबाहीमा चरमपन्थी समूह हिजबुल मुजाहिदिनका प्रमुख कमाण्डर मारिएका छन् ।

भातरीय प्रहरीका अनुसार श्रीनगरको विमानस्थल नजिक रनग्रेथ क्षेत्रमका भएको मुठभेडमा मुजाहिद्दिनका कमाण्डर सैफुल्लाह मिर मारिएका हुन् भने उनका सहायकलाई सेनाले नियन्त्रणमा लिएको बीबीसी हिन्दीले जनाएको छ ।

भारतीय सेनासँगको भिडन्तमा घाइते हुने अतिवादीहरूको उपचार गर्ने सैफुल्लाहलाई मुसैब वा डाक्टर सैफी पनि भनिन्थ्यो ।

समाचार एजेन्सी एएफपीका अनुसार कस्मिरका प्रहरी महानिरीक्षक विजय कुमारले भने, ‘मुठभेड़मा मारिएका सैफुल्लाह मरेका अतिवादी हिजबुल मुजाहिद्दिन अपरेसनका चिफ कमान्डर हुन् । यो हाम्रा लागि ठूलो सफलता हो ।’

गत मेमा उक्त समूहका प्रमुख रहेका रियाज नाइकु दक्षिण कस्मिरमा सेनासँगको भिडन्तमा मारिएपछि उनको स्थामा सैफुल्लाहलाई राखिएको थियो । ३१ वर्षीय उनी दक्षिण कस्मिरका पुलवामा, कुलगाम र सोपियाङ सक्रिय थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७