अरिङ्गालले टोकेर महिलाको मृत्यु


१७ कार्तिक २०७७, सोमबार
aringal

डोटी, १७ कार्तिक । डोटीमा अरिङ्गालको टोकाइबाट एक महिलाको ज्यान गएको छ । डोटीको आदर्श गाउँपालिका–१ बाँझककानीको बाहुन टाककी अन्दाजी ७५ वर्षीया कटि लुहारको अरिङ्गालको टोकाइबाट ज्यान गएको हो ।

गोठालो गएका बेला आइतबार अपरान्ह ५ बजेतिर अरिङ्गालले टोकेपछि उनलाई उपचारका लागि मौवा नगरदह स्वास्थ्य चौकीमा लगिएको थियो । उपचारपछि घर ल्याइएकी कटिको सोमबार बिहान २ बजेतिर मृत्यु भएको स्थानीय गोबिन्द विकले जानकारी दिएका छन् ।

यहि कात्तिक ११ गते मात्रै डोटीको सायल गाउँपालिका–१ छपालीको रोकाया गाउँका वर्ष ५ र वर्ष ३ का गरी दुई बालिकाको अरिङ्गालले टोकेर ज्यान गएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७