गोरखाका प्रजिअ भट्टराईलाई कोरोना संक्रमण


१७ कार्तिक २०७७, सोमबार
thumb

गोरखा, १७ कार्तिक । गोरखाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तीर्थराज भट्टराई र उनकी पत्नीलाई कोरोना भाइरस संक्रमण भएको छ ।

सोमवार प्रजिअ भट्टराईसहित गोरखा नगरपालिकाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले जानकारी दिए । रुघाखोकी लाग्ने र टाउको दुख्ने लक्षण देखिएपछि परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको प्रजिअ भट्टराईले जानकारी दिए ।

‘दशैंका बेला परिवार यतै थियौं,’ उनले भने, ‘रुघाखोकी लागेर टाउको दुख्न थालेपछि शंका लाग्यो अनि स्वाब टेष्ट गर्दा रिपोर्ट पोजेटिभ देखियो ।’ यही कात्तिक १४ गते उनको स्वाब संकलन गरेर परीक्षणका लागि पोखरा पठाइएको थियो ।

स्वाब संकलन गर्नु अघिल्लो दिनदेखि नै आफू होम आइसोलेसनमा रहेको प्रजिअ भट्टराईले बताएका छन् । भट्टराईले आफू र आफ्नी पत्नीको सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७