छिनछिनमा बत्ती जाने गुनासो बढेपछि रौतहटका सिडियोको ‘क्विक एक्सन’


१७ कार्तिक २०७७, सोमबार
121151945 660015457985899 2203211668063563167 n

गौर, १७ कार्तिक । रौतहटमा छिनछिनमा बत्ती आउने जाने गुनासो बढेपछि प्रमुख जिल्ला अधिकारी (सिडिओ) ईन्द्रदेव यादवले पहल गरेर समस्याको समाधान निकालेका छन् ।

आइतबार सिडियो यादवको अध्यक्षतामा बसेको विद्युत आपूर्तिसम्बन्धि समन्वय बैठकले समस्या समाधान गर्न विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । विद्युत चुहावट, तारको समस्या, हुकिङले तार सट हुने, ट्रान्सर्फमरमा अनावश्यक भार हुने, पुरानो तार भएको तथा मर्मतका लागि लाइन काट्नुपर्ने भएकाले छिनछिनमा बत्ती आउने जाने समस्या आएको बैठकको ठहर छ । हुकिङ र चुहावट रोक्न विद्युत प्राधिकरणको गौर, चन्द्रपुर र मौलापुर वितरण केन्द्रलाई जिम्मेवारी दिइएको छ ।

विद्युत तारमा पराल पर्न नदिने हिसाबले धान दाइ गर्न प्रचार गर्ने, मर्मत सम्भारलगायतका काम गर्दा पूर्व सूचना दिने र विद्युत अवरुद्ध हुन नदिने जस्ता निर्देशन दिइएको छ । त्यस्तै विद्युत चुहावट रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिचालन गर्ने एवम् बिहान बेलुका सडक बत्ती बाल्ने र निभाउने काम सम्बन्धित स्थानीय तहले गर्नुपर्ने बैठकले निर्णय गरेको छ ।

रौतहटमा लाइन कट्ने समस्या छिटै पूर्णरुपमा समाधान हुने प्रमुख जिल्ला अधिकारी यादवले बताए । उनले सरोकारवाला निकाय, जनप्रतिनिधि एवम् नागरिकले आ–आफ्नो ठाउँमा समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

123570567 798328477408157 7136841423421294816 n

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७