५ मिनेटको फरकमा श्रीमान–श्रीमतीको मृत्यु, एकै चितामा अन्त्येष्टि


१७ कार्तिक २०७७, सोमबार
death

धनुषा, १७ कार्तिक । विवाह गर्दा ‘सँगै बाँच्ने, मर्ने’ कसम खाए पनि यो वाचा धेरैको पूरा हुँदैन । तर, धनुषामा भने यो अनौठो घटना भएको छ ।

धनुषामा एक बृद्व दम्पतिको एकै दिन मात्र होइन पाँच मिनेटको फरकमा मृत्यु भएको छ । धनुषाको शहीद नगरपालिका–१ निवासी रामखेलाबन यादव र उनकी पत्नी सुमिन्त्रादेवीको सोमबार बिहान ५ मिनेटको फरकमा मृत्यु भएको हो । रामखेलाबन ९१ बर्षका थिए भने उनकी पत्नी ८८ बर्षकी थिइन् ।

मृतकका छोरा उपेन्द्रका अनुसार रामखेलाबनको मृत्यु भएको ५ मिनेटपछि उनकी पत्नीको पनि मृत्यु भएको हो । बिहान ८ बजेर ५० मिनेटतिर रामखेलाबन नित्यकर्म गरी बसिरहँदा एक्कासी पेट दुख्यो भन्दा भन्दै उनको मृत्यु भएको थियो । श्रीमान अचानक बिरामी परेको र हेर्दाहेदै सुमिन्त्रादेवीको पनि मृत्यु भयो ।

एक छोरा र चार छोरीका आमा–बुवा एकै पटक मृत्यु भएपछि स्थानीयले त्रेतायुगमा श्रवणकुमारका माता पिताले एकैपटक मृत्युवरण गरेको घटनालाई सम्झेका छन् । एकै दिन मृत्यु भएका दम्पतिको एउटै चितामा अन्तिम संस्कार गरिएको छ । मृतक दम्पति रामखेलावन र सुमिन्त्रादेवीका छोरा उपेन्द्र यादव, चार छोरीहरु दुलारी यादव, सुनिता यादव, कुमारी यादव र समारी यादव छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७