अष्ट्रियाको राजधानीमा आतंकवादी हमला : दुईको मृत्यु, धेरै घाइते


१८ कार्तिक २०७७, मंगलवार
austria1 mBaFZ49eJS

काठमाडौं, १८ कार्तिक । अष्ट्रियाको राजधानी वियनामा ६ भिन्न स्थानमा थुप्रै बन्दुकधारीले गोलीबारी गरेका छन् । गोलीबारी हुँदा कम्तीमा एकको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् । अष्ट्रियाको गृह मन्त्रालयले यसलाई एक आतंकवादी हमला बताएको छ र एक हमलाकर्ता मारिएको जानकारी दिएको छ ।

अष्ट्रियाका गृहमन्त्री कार्ल नेहमाले यसलाई आतंकवादी हमला बताएका हुन् । गोलीबारी वियनाको सेन्ट्रल स्विडनप्लाट्ज स्क्वेयरमा भएको हो । गृहमन्त्रीले गोलीबारीको पुष्टि गर्दै यसलाई आतंकवादी हमला बताएका हुन् । उनले थप केही मानिसहरुको मृत्यु भएको आशंका भएको बताउँदै थुप्रै मानिसहरु गम्भीर रुपमा घाइते भएको जानकारी दिएका छन् ।

austrial terror aK2XjPE4Mh

प्रहरीले एक हमलाकर्ताको खोजी जारी भएको बताएको छ । हमलाविरुद्ध सुरक्षा बलको अपरेशन जारी रहेको गृहमन्त्रीले बताएका छन् । घटनास्थलमा ठूलो संख्यामा सुरक्षा बल तैनाथ छन् । प्रहरीले मानिसहरुलाई हमला भएको इलाकामा रहेको सार्वजनिक स्थानमा नजान र सार्वजनिक यातायातमा यात्रा नगर्न आग्रह गरेको छ । सिटी सेन्टर घेराबन्दी गरिएको छ ।

सोसल मिडियामा सार्वजनिक भएका फुटेजमा मानिसहरु यत्रतत्र दौडिरहेको देखिएका छन् । खबरका अनुसार गोलीबारी यहूदीको एक पूजा स्थल नजिकैको सडकमा भएको हो । यहूदी समुदायका नेता ओस्कर डायचले ट्वीटमा भनेका छन्, ‘हमलाकर्ताले यहूदी पूजा स्थललाई निशाना बनाएको हो होइन भनेर अहिले नै स्पष्ट छैन । गोलीबारी यसैको वरिपरी भएको हो ।’

समाचार एजेन्सी एएफपीले सरकारी एजेन्सी ओआरएफमार्फत् एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भनेको छ, ‘आवाज पटाका जस्तै थियो तर पछि थाहा भयो कि गोलीबारी भएको हो ।’ फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले वियनाको हमलालाई दुःखद बताएका छन् । म्याक्रोंले भने, ‘फ्रान्सपछि हाम्रो नजिकको देश अस्ट्रियालाई निशाना बनाइएको छ । हाम्रो दुश्मनलाई थाहा हुनुपर्छ कि हामी झुक्ने छैनौं र सँगै मिलेर लड्नेछौं ।’ बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७