राष्ट्रियसभाका सासंद एवम् उद्योगपति सूर्यबहादुर केसीको निधन


१८ कार्तिक २०७७, मंगलवार
d9813af2d1ffe9d44f3169a4b61749c7 w1000 h500 cp

पोखरा, १८ कार्तिक । राष्ट्रियसभाका सांसद एवम् वरिष्ठ उद्योगपति सूर्यबहादुर केसीको गए राति १०ः३० बजे पोखरा ७ एयरपोर्टस्थित आफ्नै निवासमा निधन भएको छ ।

मृगौला प्रत्यारोपण गरेका ६३ वर्षीय केसी उच्च रक्तचाप र मधुमेहबाट ग्रसित थिए । सोमबार राति एक्कासी बिरामी परेपछि चरक मेमोरियल अस्पताल लैजाने तयारी गर्दागर्दै उनको निधन भएको हो । राप्रपाबाट राजनीतिमा प्रवेश गरेका उनी गत निर्वाचनमा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उनी नेपाली कांग्रेसबाटै प्रतिनिधि सभामा समानुपातिक सांसद भएका थिए ।

केसीले औद्योगिक प्रतिष्ठान मात्र होइन, पोखराको शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रको उन्नति र प्रगतीका लागि समेत महत्वपूर्ण योगदान दिएका छन् ।

केसी तत्कालीन नगर पञ्चायतका प्रधानपञ्च, वरिष्ठ उद्योगपति, नेपालमै पहिलो चाउचाउ राराको उत्पादनकर्ता, माछापुच्छ्रे बैंकका संस्थापक, विगतमा राप्रपाका केन्द्रीय कोषाध्यक्ष समेत भएका र पहिलो संविधानसभामा सभासद् रहेका उनी पछिल्लो समय संघीय संसदको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक तर्फबाट संघीय सांसद बनेका हुन् । उनको आज (मंगलबार) नै पोखराको शान्तिघाटमा अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७