‘चीनका प्राचीन कथा’ पुनः प्रकाशित


१८ कार्तिक २०७७, मंगलवार
b 1

काठमाडौं, १८ कार्तिक । पुराना र ऐतिहासिक महत्वका कृति प्रकाशनका क्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘चीनका प्राचीन कथा’ पुस्तक पुनः प्रकाशन गरेको छ ।

तत्कालीन नेपाली साहित्य कला एकेडेमी, नेपाल एकेडेमी र रोयल नेपाल एकेडेमी हुँदै बनेको नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका प्रथम उपकुलपति बालचन्द्र शर्माद्वारा अनुदित र प्रतिष्ठानद्वारा विसं २०२५ मा पहिलो पटक प्रकाशित ‘चीनका प्राचीन कथा’ पुस्तक ५२ वर्षपछि दोस्रो संस्करणका रूपमा पुनः प्रकाशन भएको हो ।

प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले सो पुस्तकबाट प्राचीन सभ्यता र संस्कृतिले सम्पन्न देश चीनमा प्रचलित लोककथाहरू, तिनमा प्रस्तुत जनजीवन, लोकविश्वास, कथात्मक शैली र प्रवृत्तिसँग पाठकहरू परिचित हुने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७