नेपाली भूमि मिचिएको हल्ला आधारहीन : चिनियाँ विदेश मन्त्रालय


१८ कार्तिक २०७७, मंगलवार
thumb 1

काठमाडौं, १८ कार्तिक । चिनियाँ विदेश मन्त्रालयले नेपालको कुनै पनि भूमि नमिचिएको दावी गरेको छ ।

मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले ‘चीनले नेपालको भूमि कब्जा गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरु हल्ला र आधारहीन भएको’ स्पष्ट पारेका छन् ।

सोमबार द टेलिग्राफले चीनले नेपालको १५० हेक्टर जमिन मिचेको र संरचनाहरु निर्माण गरेको भन्दै समाचार प्रकाशित गरेको थियो । उक्त समाचारको खण्डन गर्दै विदेश प्रवक्ता वेनबिनले नेपालको भूमि चीनले नमिचेको बताएका स्पष्ट पारेका हुन् । चीनद्वारा नेपाली भूमि मिचिएको विषयमा प्रवक्ता वेनबिनले दिएको प्रतिक्रिया रोयटर्समा उल्लेख छ ।

पछिल्लो समय चीनले हुम्लामा नेपाली भूभाग मिचेको विभिन्न दाबी गरिएको छ । विपक्षी दल नेपाली कांग्रेसले स्थलगत अध्ययन गर्दा सीमा मिचिएको देखिएको भनी दावी गरिरहेको छ । उसले चीनले सीमा मिचेको विषयमा सरकार मौन बसिरहेको आरोप लगाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७