सनराइज बैंकको एकै दिनमा ३ शाखा बिस्तार


१८ कार्तिक २०७७, मंगलवार
Sunrise branch opening 2 Md8f3ri0fy

काठमाडौं, १८ कात्तिक। सनराइज बैंकले बागमती प्रदेशको सूर्यविनायक, गण्डकी प्रदेशको अमरसिंह र लुम्बिनी प्रदेशको योगीकुटीमा ३ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखा विस्तारसँगै बैंकको १३९ वटा शाखा, ५१ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टी.एममार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७