आइपीएल : मुम्बई इण्डियन्सलाई हराउँदै हैदराबाद प्लेअफमा प्रवेश


१९ कार्तिक २०७७, बुधबार
haidrabad ets6aws7K9

काठमाडौं, १९ कार्तिक । सनराइजर्स हैदराबाद इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ ।

यूएईमा जारी १३ औं संस्करणको अन्तिम लिग खेलमा मुम्बई इण्डियन्सलाई १० विकेटले हराउँदै हैदराबाद प्ले अफमा पुगेको हो । मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य हैदराबादले १७ ओभर १ बलमा बिना विकेट गुमाएर पुरा गरेको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । हैदराबाद तेस्रो स्थान बनाउँदै प्ले अफमा पुगेसँगै आईपीएलको प्लेअफ समीकरण समेत पुरा भएको छ । हैदराबादले अब इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७