कोरोनाबाट पूर्व सभामुख महराकी पत्नी सीताको निधन


१९ कार्तिक २०७७, बुधबार
Sita Mahara

काठमाडौं, १९ कार्तिक । कोरोना भाइरस संक्रमणका कारण पूर्व सभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ ।

कात्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएकी उनको आज (बुधबार) बिहान मृत्यु भएको हो । कात्तिक १५ गतेदेखि भेन्टिलेटर उपचाररत उनको आज बिहान ६ः२५ बजे निधन भएको अस्पतालले जानकारी दिएको छ । सीता महरा माइस्थेनिया रोगबाट १० वर्षदेखि पीडित थिइन् ।

। दशैंमा पुख्यौली घर रोल्पा मेबाङ गएका बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कात्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

कृष्णबहादुर महरासँग उनको २०३५ सालमा विवाह भएको थियो । महरा सभामुख रहेका बेला प्रेस सल्लाहकार रहेका डिल्ली मल्लले भने, ‘माओवादीको ठूलो जिम्मेवारीमा नरहे पनि उहाँले कृष्णबहादुर महरालाई नजिकबाट पारिवारिक तथा पार्टी राजनीतिमा पनि सहयोग गर्नु भएको थियो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७