ट्रम्पलाई टेक्सासमा महत्वपूर्ण सफलता


१९ कार्तिक २०७७, बुधबार
28f559a558b54809a3df3b95ce805875 28f559a558b54809a3df3b95ce805875 4aac440822744bb59462c1d85336ed47

काठमाडौं, १९ कार्तिक । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनमाथि टेक्सासमा महत्वपूर्ण जित हासिल गरेका छन् ।

राष्ट्रपतिको दौडमा निर्णायक मानिएको यो राज्यमा जित हात पारेसँगै ट्रम्पले अहिलेसम्म २१२ इलेक्टोरल कलेज भोट पाएका छन् । यो राज्यमा उनले ३८ इलेक्टोरल भोट पाएका हुन् ।
टेक्सासमा ९३ प्रतिशत मत गणना सकिँदा ट्रम्पले ५२ दशमलव २ प्रतिशत भोट पाएका हुन् । बाइडनले भने ४६ दशमलव ३ प्रतिशत मत ल्याएका थिए । अहिलेसम्मको मतगणनाको नतिजामा अझै बाइडन ट्रम्पभन्दा अगाडि छन् ।

अहिलेसम्म बाइडनले २२३ इलेक्टोरल भोट पाएका छन् । अझै जर्जिया, पेन्सिल्भानिया, मिशिगन, विस्कोन्सिनलगायत निर्णायक राज्यको नतिजा आउन बाँकी छ । यद्यपि नतिजा आउन बाँकी अधिकांश निर्णायक राज्यको प्रारम्भिक नतिजामा ट्रम्प बाइडनभन्दा अगाडि छन् । स्रोत : न्युयोर्क टाइम्स

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७