वीर अस्पतालका १६ चिकित्सकको सामूहिक राजीनामा


१९ कार्तिक २०७७, बुधबार
Bir Hospital e1527679179524 53XhZIgAi8 1

काठमाडौं, १९ कार्तिक । वीर अस्पतालका आकस्मिक कक्षका १६ चिकित्सकले बुधबार सामुहिक राजीनामा दिएका छन् ।

कोरोना महामारीको उपचारका क्रममा अस्पताल प्रशासनले आफ्ना माग र सुरक्षामा कुनै ध्यान नदिएको भन्दै १६ जना मेडिकल अधिकृतहरुले सामुहिक राजीनामा दिएका हुन् ।

अस्पतालको निर्देशकलाई बुझाएको राजीनामा पत्रमा लेखिएको छ, ‘महामारीमा काम गर्दा हाम्रा माग पेस गरिरहँदा पनि बेवास्ता गरेको, आवश्यक सुरक्षा सामग्री उपलब्ध नगराएको, ज्यालादारी भनेर अपमानित गर्दै दसैं तिहार भत्ता समेत नदिएकाले हाम्रो मनोवल गिरेको जानकारी गराउन चाहन्छौँ ।’

धम्कीसहित जवरजस्ती हप्ताको ९६ घण्टासम्म ड्युटी गराएको तर, सेवा सुविधा उपलब्ध नगराएको पनि चिकित्सकहरुले पत्रमा उल्लेख गरेका छन् ।

दसैं नजिकिँदै गर्दा वीर अस्पतालका चिकित्सकहरुले गत २ कात्तिकमा आन्दोलन गरेका थिए । उनीहरुले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का पदाधिकारी बसेको कोठामा ताला लगाएका थिए ।

सुरक्षा र कोभिड भत्ताको माग राख्दै १५ दिने म्याद राखेर लिखित माग प्रस्तुत गरिए पनि कुनै सम्बोधन नभएपछि उनीहरुले आन्दोलन गरेका थिए । ‘त्यतिबेला उहाँहरुले थम्थम्याउनु भयो तर, हाम्रो मागलाई पूरै बेवास्ता गर्नुभयो’, डा. कार्कीले भने ।

अस्पतालका डाइरेक्टर डा. केदार सेन्चुरीले भने डाक्टरहरुले काम गर्दैनौं भन्न नमिल्ने बताउँछन् । उनले माग सम्बोधनको विषयमा पदाधिकारीहरुबीच छलफल भइरहेको पनि उनले बताए । उनले भने, ‘मागहरु सामान्य छन् । कोभिड भत्ता आउन अलि ढिला भएको मात्र हो ।’

bir hospital rajinama

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७