म्याराडोनाको मस्तिष्कको शल्यक्रिया सफल


१९ कार्तिक २०७७, बुधबार
maradona

काठमाडौं, १९ कार्तिक । महान फुटबल खेलाडी डिएगो म्याराडोनाको मस्तिष्कको सफल शल्यक्रिया गरिएको छ ।

मस्तिष्कमा रगतको थेग्ला जमेपछि अर्जेन्टिनामा उनको शल्यक्रिया गरिएको उनका निजी चिकित्सकले पुष्टि गरेका छन् । म्याराडोना सोमबार ला पाल्टाको एक क्लिनिकमा भर्ना भएका थिए । तत्काल उनलाई अर्को अस्पतालमा लगिएको थियो ।

‘शल्यक्रियापछि उनको होश आइसकेको छ, सबथोक राम्रो छ,’ उनका निजी चिकित्सकले भनेका छन् । म्याराडोनाले गत शुक्रबार मात्र ६० औं जन्मदिन मनाएका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७