सहसचिव र उपसचिवको दर्खास्त स्थगित


१९ कार्तिक २०७७, बुधबार
Loksewa Aayog 1

काठमाडौं, १९ कार्तिक । लोकसेवा आयोगले गत असोज २८ गते खुला गरेको सहसचिव र उपसचिवको विज्ञापनको दर्खास्त स्थगित गरेको छ ।

सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि भन्दै लोकसेवा आयोगले असोज १८ गते खुलाइएका सबै विज्ञापनको दर्खास्त स्थगित गरेको हो ।

लोकसेवा आयोगले बुधबार सूचना जारी गर्दै अब अर्को सूचना जारी नहुँदासम्म उक्त पदहरुका लागि दरखास्त नलिइने जानकारी दिएको छ । आयोगले असोज १८ गते ११ औं र ९औं तहका लागि विभिन्न ३ वटा विज्ञापन खुला गरेको थियो ।

राजपत्रांकित प्रथम र द्वितीय श्रेणी (प्राविधिक र अप्राविधिक) र स्वास्थ्य सेवाका ११औं र ९औं तहका पदको कार्यक्षमता, ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवा, स्वास्थ्य सेवातर्फकै ११औं र ९औं तहका प्राविधिक र अप्राविधिक पदको आन्तरिक र खुला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको थियो ।
हेर्नुस् सूचना

PSC.gov .np 1513x2048 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७