सेल्फ डिफेन्स तालिम


२७ माघ २०७४, शनिबार
सेल्फ डिफेन्स तालिम
????????????????????????????????????

काठमाडौं जिल्ला खेलकुद विकास समिति, मदन भण्डारी स्पोर्टस एकेडेमी र काठमाण्डौ जिल्ला मार्शल सेल्फ डिफेन्स संघको संयुक्त आयोजनामा संचालित ७ हप्ते महिला हिंसा विरुद्ध जनचेतना तथा आत्मरक्षा तालिम को का.म.न.पा. वडा नं.९ का वडा अध्यक्ष रामकृष्ण श्रेष्ठवाट अंकुर विद्याआश्रममा उदघाटन भएको छ ।

सेल्फ डिफेन्स तालिम

कार्यक्रमका अतिथि टेकराज अधिकारी वडा नं.९ का सदस्य ,प्रकास कुमार भटराई के एम.सि.हस्पिटलका व्यवस्थापक,अंकुर विद्याआश्रामका व्यावस्थापक श्री रिचा खरेल(सापकोटा),गौशाला प्रहरी वृतका प्रतिनिधि श्री पुजा पन्त,कार्यक्रमको सभापति काठमाण्डौ जिल्ला मार्शल सेल्फ डिफेन्स संघका अध्यक्ष श्री सज्जु श्रेष्ठज्यूले गरेको थियो ।

विभिन्न क्षेत्रका सहभागि १०० जना प्रशिक्षार्थीको सहभागिता रहेको सेल्फ डिफेन्स संघका सचिव तिलक घिमिरेले जनाएका छन् । नेपाल मार्शल सेल्फ डिफेन्स संघका प्रमुख प्रशिक्षक श्री सन्जु महर्जनले प्रशिक्षण गर्ने भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७