कोरोनाबाट २४ घण्टामा ३० जनाको मृत्यु, नेपालमा मृत्तक संख्या एक हजार ३० पुग्यो


१९ कार्तिक २०७७, बुधबार
korona death scaled

काठमाडौं, १९ कार्तिक । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ३० जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ३० जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक हजार ३० पुगेको छ ।

काठमाडौं उपत्यकामा १८ सय ७८ सहित देशभर थपिए तीन हजार ३०९ संक्रमित

काठमाडौं उपत्यकमा पछिल्लो २४ घण्टामा थप एक हजार ८७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

उपत्यकाका तीन जिल्लामा एक हजार ८७८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार काठमाडौंमा एक हजार ५७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९ जनामा कोरोना पुष्टि भएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थपिएका ३ हजार ३०९ जना संक्रमितमध्ये काठमाडौं उपत्यकाका एक हजार ८७८ जना रहेको मन्त्रालयले जनाएको छ । योसहित देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार १४४ पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै पछिल्ल्लो २४ घण्टामा ३ हजार ८४४ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना निको हुनेको संख्या एक लाख ४४ हजार ८७८ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७