नेपालको तीनदिने भ्रमणमा भारतीय सेनाध्यक्ष नरवणे {भिडियाे}


२० कार्तिक २०७७, बिहीबार
bharatiye senadakchya

काठमाडाैं, १९ कार्तिक । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने भ्रमणका लागि नेपाल आएका छन् ।
बलाधिकृत रथी प्रभुराम शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत अभिवादन गरेको नेपाली सेनाले जनाएको छ।

नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परानुुरुप उनी नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नेपाल आएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरवणेलाई बिहीबार सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने छ । सोही अवसरमा राष्ट्रपतिसँग उनको भेटवार्ता हुनेछ ।

नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति हुनेछन । नेपाली सेनाले स्थलसेनाध्यक्ष नरावणेको भ्रमणको मुुख्य उद्देश्य परम्पराको निरन्तरता नै भएको जानकारी दिएको छ ।

स्थलसेनाध्यक्ष नरवणेले बिहीबार बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गर्नेछ । त्यसलगत्तै सैनिक मुख्यालय जङ्गी अड्डामा उहाँले सैनिक गारत निरीक्षण गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि प्रधानसेनापति थापाले आफ्ना समकक्षी स्थलसेनाध्यक्ष जनरल नरवणेसँग औपचारिक भेटवार्ता गर्नेछ ।

सोही अवसरमा दुई देशबीचको सुरक्षा सहयोग आदानप्रदान सम्बन्धी तेह्राैं बैठकमा भएको सहमतिअनुरुप स्थलसेनाध्यक्ष नरवणेले नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नेछ । उनको सम्मानमा भोलि नै जङ्गी अड्डामा रात्रिभोज आयोजना हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्थलसेनाध्यक्ष नरवणेले शुुक्रबार औपचारिक भेट गर्ने कार्यक्रम छ ।

भारतीय सेनाध्यक्ष नरावणेको नेपाल भ्रमणको समाचार संकलन गर्न गएका सञ्चारकर्मीलाई भने सुरक्षाकर्मीले रोक लगाएको थियो । विमानस्थलको मुल गेटबाट भित्र छिरेका सञ्चारकर्मीलाई पार्किङ्ग क्षेत्रमै प्रहरीले रोकेको थियो भने केहीलाई मुल गेटमै रोकेको थियो ।

माइतिघर प्रदर्शन

भारतीय सेनाध्यक्ष नरवणेको नेपाल भ्रमणको विरोधमा २१ दलीय मोर्चाले विरोध प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघरमा भेला भएका उनीहरुले नरवणेको नेपाल भ्रमणलाई लिएर विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले नरवणेले नेपालको नयाँ नक्सा सार्वजनिक गर्दा सार्वभौमिकताविरुद्ध बोलेको भन्दै प्रदर्शन गरेको जनाएका छन् ।

उनीहरुले भारतीय सेनाले कालापानी छाड्नुपर्ने, असमान सन्धिसम्झौता खारेज गर्नुपर्ने, नेपालमाथि हस्तक्षेप बन्द गर्नुपर्ने लगायतका नारा लगाएका थिए ।

बसन्तपुर भ्रमण

नरवणेले जिवितदेवी कुमारीको दर्शन गरेका छन । बुधबार अपरान्ह काठमाडौंको बसन्तपुर पुगि उहाले जिवितदेवी कुमारीको दर्शन गरेकाे हो । इण्डियन एयर फोर्सको विमानबाट आज नेपाल आएका नरवणे कुमारीको दर्शनका लागि उहा आफ्ना श्रीमती विना नरवणेसहित वसन्तपुर पुगेको थियो । सो क्रममा उनले वसन्तपुर स्क्वायरको अवलोकन गरेकाे थियो ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७