भारतीय पत्रकार अर्नब गोस्वामीलाई १४ दिनका लागि हिरासतमा पठाइयो


२० कार्तिक २०७७, बिहीबार
80a8ebba1e8cf91bf01244850664a821 w1000 h500 cp

नयाँदिल्ली, २० कार्तिक । रिपब्लिक टिभीका प्रधान सम्पादक अर्नब गोस्वामीलाई १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ ।

अर्नब बाहेक अन्य दुईलाई सन् २०१८ मा आत्महत्या दुरुत्साहन मामिलामा अबेर राति मुम्बईको एक अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाएको हो । अर्नब गोस्वामीका वकिल अबाद पोंडाले जमानतको निवेदन दिइएको जसमाथि बिहिबार सुनुवाई हुनसक्ने जानकारी दिएका छन् ।

सन् २०१८ मा इन्टेरियर डिजाइनर अन्वय नाइक र उनकी आमा कुमुद नाइकको मृत्युको मामिलामा बुधबार बिहान अर्नब गोस्वामीको मुम्बईस्थित उनको निवासबाट गिरफ्तार गरिएको थियो ।

५३ वर्षका इन्टेरियर डिजाइनरले आफ्नो सुसाइड नोटमा उनी र उनकी आमाले अर्नबसहित फिरोज शेख र नितेश सारदाले ५.४० करोड भारु भुक्तानी नगरेका कारण आफ्नो जीवन अन्त्य गर्ने निर्णय लिएको बताएका थिए । फिरोज र नितेश भिन्न–भिन्न कम्पनीका मालिक थिए ।

डिजाइनर र उनकी आमा सन् २०१८ को मे महिनामा अलीबाग तालकाको कविर गाउँमा आफ्नो फार्महाउसमा मृत भेटिएका थिए । सन् २०१९ मा रायगढ पुलिसले यो मामिलाई बन्द गरेको थियो । पछि नाइककी छोरी अदन्याकी ऊजुरीमा महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले पुनः यो घटनाको आदेश दिएका थिए ।

गोस्वामीलाई मुम्बई नजिकैको रायगढ जिल्लाको अलिबाग ल्याइयो र त्यसपछि उनलाई स्थानीय अदालतमा पेश गरियो । गोस्वामीले अदालतमा प्रहरीले आफूमाथि कुटपिट गरेको बताए । त्यसपछि गोस्वामीलाई प्रहरी स्टेशन ल्याइयो जहाँ एक सिभिल सर्जनले उनलाई कुटपिटको कुरा प्रमाणित गर्न भने । पछि अदालतले गोस्वामीमाथि कुटपिटको आरोप खारेज गरिदियो ।

Capture

बुधबार प्रहरीले ती अधिकारीलाई पनि पक्राउ गरेको छ जसले आत्महत्या दुरुत्साहनको उक्त घटनाको अनुसन्धान गरेका थिए । समाचार एजेन्सी पिटिआईका अनुसार ती अधिकारीले पनि अनुसन्धानको सामना गर्नुपर्ने छ । अर्नब गोस्वामीसहित उनकी श्रीमती र अन्य दुई विरुद्ध मुम्बई प्रहरीले गिरफ्तारीमा बाधा पुर्‍याएको भन्दै एफआईआर दर्ता गरेको छ ।

अर्नबको गिरफ्तारीको विषयमा विपक्षले महाराष्ट्र सरकारमाथि हमला गरेका छन् भने इन्टेरियर डिजाइनरको परिवारले गिरफ्तारीको निर्णयको स्वागत गरेका छन् र आफूहले सन् २०१८ लाई कहिले पनि बिर्सन नसक्ने बताएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७