चीनको कोइला खानीमा बिष्फोट, ८ मजदुर वेपत्ता


२० कार्तिक २०७७, बिहीबार
koila newskarobar

काठमाडौं, २० कार्तिक । चीनको एक कोइला खानीमा ग्यास बिस्फोट हुँदा आठ मजदुर बेपत्ता भएका छन् ।

चीनको उत्तर पश्चिमी प्रान्त शान्सीमा रहेको एक कोइला खानीमा बुधबार भएको ग्यास बिष्फोटमा परी आठ व्यक्ति वेपत्ता भएका चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।

स्थानीय समयानुसार बुधबार दिउँसो १ बजे घटना भएको हो । कोइला खानीमा ४२ कामदार कार्यरत थिए । वेपत्ता व्यक्तिहरुको खोजी र उद्धारकार्य जारी रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७