व्यङ्ग्यकार पाँडे र हाँस्य कलाकार राजाराम पौडेललाई भैरव पुरस्कार


२० कार्तिक २०७७, बिहीबार
artist WIyEtTVCTC

काठमाडौं, २० कार्तिक । नेपाली हाँस्यव्यङ्ग्य साहित्यका शिखर पुरुष भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कार वर्ष २०७६–७७ का लागि क्रमशः रामकुमार पाँँडे र राजाराम पौडेललाई प्रदान गरिने भएको छ ।

पाँडे चर्चित व्यङ्ग्यकार हुन् भने पौडेल हाँस्य कलाकारिता क्षेत्रमा स्थापित नाम हो । भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कारको राशि क्रमश : रु एक लाख र रु ५० हजार रहेको छ । वरिष्ठ साहित्यकार विजय चालिसे संयोजक तथा वरिष्ठ समालोचक प्रा डा खगेन्द्र लुइँटेल र व्यङ्ग्यकार लक्ष्मण गाम्नागे सदस्य रहेको चयन समितिले पाँडे र पौडेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

हाल कोरोना भाइरसको सङ्क्रमण रहेकाले उपयुक्त अवस्था हेरेर पुरस्कार वितरण कार्यक्रम आयोजना गरिने भैरव पुरस्कार गुठीका सचिव वसन्त रिजालले जानकारी दिए । विसं २०४६ देखि प्रत्येक दुई वर्षमा यी पुरस्कार प्रदान गरिँदै आएकोमा अब आगामी वर्षबाट बर्षेनी वितरण गरिने पनि उनले बताए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७