बाइडेनले तोडे ओबामाको लोकप्रिय मतको रेकर्ड


२० कार्तिक २०७७, बिहीबार
04elections briefing bidenobama

काठमाडौं, २० कार्तिक । डेमोक्रेटिक पार्टीबाट अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार जो बाइडेनले बाराक ओबामाको लोकप्रिय मतको कीर्तिमानलाई तोडेका छन् ।

राष्ट्रपतीय चुनावमा सबैभन्दा धेरै लोकप्रिय मत प्राप्त गरेको नयाँ कीर्तिमान बनाउन बाइडेन सफल भएका हुन् । बाराक ओबामाले सन् २००८ मा ६ करोड ९४ लाख ९८ हजार ५१६ मत प्राप्त गरेका थिए । यसपटक बाइडेनले ओबामालाई उछिन्दै ७ करोड ४ लाख २७ हजार ६०९ हजार मत प्राप्त गरिसकेका छन् ।

हाल बाइडेनले वर्तमान राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि अग्रता कायम गरिरहेका छन् । जीतका लागि आवश्यक २७० इलेक्टोरल मत बाइडेन निकट रहेको विभिन्न मत सर्वेक्षणले देखाएको छ ।

सीएनएनका अनुसार मिसिगन राज्यमा जीत हासिल गरेसँगै नयाँ राष्ट्रपतिका लागि निर्वाचित हुन बाइडेन अब मात्र १७ मतले पछि छन् । बाइडेडले हाल ट्रम्पसँग २५३–२१३ को अग्रता हासिल गरिरहेका छन् । एरिजोना, जर्जिया, नेभाडा, नर्थ क्यारोलाइना र पेन्सिलभिनियामा निकै नजिकको टक्कर भइरहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७