३४ सदस्यीय नेपाली फुटबल टोली बंगलादेश प्रस्थान


२० कार्तिक २०७७, बिहीबार
Nepali Football

काठमाडौं, २० कार्तिक । दुई वटा मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली आज बंगलादेशको ढाका प्रस्थान गरेको छ ।

२५ खेलाडी र बाँकी अफिसियल गरी कूल ३४ सदस्यीय टोली हिमालयन एयरलाइन्समार्फत बिहान ढाका प्रस्थान गरेको हो ।

नेपालले बंगलादेशसँग यही नोभेम्बर १३ र १७ तारिखमा ढाकामा मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसअघि नेपाली टोली करिब एक साता होटेल क्वारेन्टिनमा बस्नेछ । त्यसपछि कोरोना परीक्षण हुनेछ र नेगेटिभ रिपोर्ट आएपछि नेपालले प्रशिक्षण गर्ने अवसर पाउनेछ ।

केही सिनियर खेलाडीलाई कोरोना पोजेटिभ देखिएकाले यो पटक नेपाली टिममा नयाँ खेलाडीको बाहुल्य छ । नेपाली टोलीमा अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, बिमल राना, बिशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की र दिलेन लोक्ताम छन् ।

यस्तै जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रन्जित धिमाल, रवि पासवान, सरोज दाहाल, सेसेहाङ आङदेम्वे, सुभास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ पनि टोलीमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७