जंगी अड्डा परिसरमा भारतीय सेना प्रमुखले रोपे ओखरको बिरुवा


२० कार्तिक २०७७, बिहीबार
6a4232de248eedf4fb68778eca1134bc w1000 h500 cp

काठमाडौं, २० कार्तिक । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले नेपाली सेनाको मुख्यालयमा ओखरको विरुवा रोपेका छन् । बिहीबार बिहान जंगी अड्डा हाताभित्र उनले ओखरको विरुवा रोपेको सैनिक प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले बताएका छन् ।

त्यसअघि उनले सैनिक मञ्चको वीर स्मारिकामा पुष्पगुच्छा अर्पण गर्दैै वीर सहिदहरुप्रति सम्मान अर्पण गरेका थिए । त्यसपछि सैनिक मुख्यालय पुगेका उनलाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ । नरवणेले जंगी अड्डा निरीक्षण गरेका छन्। अहिले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता भइरहेको छ । त्यसपछि उनले सेनाका उच्च अधिकारीहरुसँग भेटघाट गर्ने छन् ।

त्यसपछि नेपाली सेनालाई सहयोग स्वरुप चार वटा एम्बुलेन्स र स्वास्थ्य सामग्री हस्तान्तरण गर्नेछन् । दिउँसो ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह ग्रहण गर्ने कार्यक्रम छ ।

त्यसलगतै शीतल निवासमै राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटघाट गर्नेछन् । शीतल निवासको कार्यक्रम सकिएपछि भारतीय सेना प्रमुख नरवणेको सम्मानमा प्रधानसेनापति थापाले रात्रिभोजको आयोजना गर्नेछन्। रात्रिभोजसँगै बिहीबारको कार्यक्रम सम्पन्न हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७