पार्टी एकता भएन भने गठबन्धन नै धरापमा पर्छ : प्रचण्ड


२७ माघ २०७४, शनिबार
prachanda 1

‘कसैले सबैथोक राख्यो भने पार्टी एकता कसरी हुन्छ र ?’

काठमाडौं २६, माघ । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष प्रचण्डले एमाले र माओवादीविच पार्टी एकता नभएर वामगठबन्धन नै धरापमा पर्ने खतरा रहेको बताएका छन् । कुनै पार्टीले सबैथोक राख्न खोजे पार्टी एक नहुने उनको भनाई छ ।

prachanda 1

एक टेलिभिजनसँगको अन्तरवार्तामा प्रचण्डले भनेका छन्, ‘पार्टी एकता र गठबन्धनको चुनौति म के देख्छु भने यदि पार्टी एकता भएन भने गठबन्धन नै धरापमा पर्छ कि जस्तो चिन्ता मलाई लाग्न थालेको छ । पहिला पार्टी एकता भइदिए राम्रो ।’ नेपालको राजनीतिक इतिहासमा एमाले र माओवादी दुई धार भएको बताउदै दुई धारबीच एकता हुँदा एकअर्कामा विलिन हुने कुरा नहुने बताए । उनले भने, ‘दुवै पक्ष सम्मानित भएर दुवै पक्षको कार्यकर्तामा ठूलो उत्पसाह थपे मात्र एकता हुने हो ।’

आफूले एमाले केपी ओलीलाई निर्णय र छनोटको जिम्मा दिएको बताए । उनले भने, ‘अध्यक्ष ठीक छ अध्यक्षमै बस्नुहोस् प्रधानमन्त्रीमा ठिक छ प्रधानमन्त्रीमै बस्नुस् । जेमा सहज हुन्छ, त्यो गर्नुस् । एकता सबैलाई सहज हुनुपर्ने गरि हुनुपर्छ ।’

एउटाले पार्टी र अर्कोले सरकार
पार्टीका दुईजना अध्यक्षले एउटाले पार्टी र अर्कोले सरकार हेर्ने गरि मिलाउँदा सबभन्दा उचित हुने उनको भनाई छ । ‘पार्टीका दुईजना अध्यक्षले एउटाले पार्टी र अर्कोले सरकार हेर्ने गरि मिलाउँदा सबभन्दा उचित हुन्छ । र, जनताको मनोविज्ञान बुझ्दा त्यही रहेको छ । यो भन्दा बाहिर जाँदा अप्ठ्यारा आउन सक्छ । तर अरु विकल्प नै छैन भने होइन मैले केपीजीलाई भनेको छु, जे सजिलो हुन्छ त्यो गर्नुस् ।’ एकता सबैलाई सहज हुनुपर्ने गरि हुनुपर्ने उनको भनाई छ । उनको प्रश्न छ, ‘कसैले सबैथोक राख्यो भने एकता कसरी हुन्छ र ?’ पार्टी एकता हुँदा तलदेखि माथिसम्म सबैलाई सहज हुने गरि हुनुपर्ने उनको भनाई छ ।

पच्चासौं पटक वार्ता

पछिल्लो पाँच वर्षमा एकताका लागी एमाले र माओवादी केन्द्रबीच पच्चासौं पटक वार्ता भएको उनले बताए । भने, ‘यो कुरा कसैलाई थाह छैन । दिल्लीमा भएको १२ बुँदे सम्झौता थाहा छ । सिलगुडीमा भएको वार्ता थाह छ । वामदेव गौतम र युवराज ज्ञवालीलाई रोल्पाको लोसेवाङ्गमा घोडा चढाएर लगेर पार्टीको लाइन अनुसार एकता गर्ने लिखित सम्झौता भएको थियो ।’

प्रचण्डले आफू पार्टी एकताको प्रयासमा रहेको बताए । भने, ‘म त्यसैको प्रयासमा छु । यदि पार्टी एकता भएन भने पनि सरकार गठनबन्धनकै हुन्छ । सबै कुरा हेर्दा गठबन्धनको सरकार बन्दा केपी ओलीको नेतृत्वमा नै बन्छ । गठबन्धनको सरकार बनिसके पछि पनि एकिकरणको प्रक्रिया अगाडि बढी रहन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७