पत्रकार बर्माको निधन


२१ कार्तिक २०७७, शुक्रबार
688bc4b19087643fadfcd5b1387d9219 w1000 h500 cp

काठमाडौं, २१ कार्तिक । राष्ट्रिय समाचार समिति (रासस) का धादिङ जिल्ला समाचारदाता सीतारामप्रसाद बर्माको आज बिहान उपचारका क्रममा ७९ वर्षका उमेरमा निधन भएको छ ।

किष्ट मेडिकल कलेज ग्वार्काे ललितपुरमा उपचाररत बर्मा उच्च रक्तचाप र निमोनियाबाट पीडित थिए । उनले कोरोनाबाट भने विजय प्राप्त गरेको जनाइएको छ ।

नेपाल पत्रकार महासङ्घ धादिङका संस्थापक सभापति बर्माले नेपाल प्रेस काउन्सिलबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान पाएका थिए । करीब तीन दशकदेखि राससमा कार्यरत उनी राससबाट पनि सम्मानित भएका थिए । गोरखा पुख्र्याैली थलो भई धादिङलाई कर्मथलो बनाएका बर्माका श्रीमती, एक छोरा र तीन छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७