विश्वमा २४ घण्टामै थपिए हालसम्मकै धेरै छ लाख बढी संक्रमित


२१ कार्तिक २०७७, शुक्रबार

काठमाडौं, २१ कार्तिक । विश्वभर कोरोना भाइरस महामारी नियन्त्रणमा आउनुको सट्टा झनझन बढिरहेको छ ।

पछिल्लो २४ घण्टामै विश्वभर हालसम्मकै धेरै ६ लाख बढी कोरोना भाइरस संक्रमित थपिएका छन् । यो संख्या एक दिनमै थपिएको अहिलेसम्मकै सबैभन्दा धेरै हो । विश्वका विभिन्न देशहरुमा कोरोना भाइरसविरुद्धको खोपहरु निर्माण र परीक्षणको चरणमा भए पनि व्यापक रुपमा खोप तयार भइनसकेका कारण संक्रमण रोक्न कठिन भइरहेको छ ।

वर्ल्डओमिटका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख एक हजार ७ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अमेरिकामा हिजो एक लाख १५ हजार ७ सय १४ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर ८ हजार ७ सय ३ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन् ।
सबैभन्दा बढी अमेरिकामा हिजो एक हजार एक सय १७ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७