नेकपा विवादमा राष्ट्रपतिको सक्रियताप्रति नेता भीम रावलको आपति


२१ कार्तिक २०७७, शुक्रबार
Bhim Rawal is a CPN UML politician He is former Deputy Prime Minister Defence Minister of Nepal

काठमाडौं, २१ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो भूमिकाप्रति सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत् रावलले नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकालाई गलत भन्दै बिरोध गरेका हुन् ।

‘नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिदै राष्ट्रपति सक्रिय रहनु भएको समाचार आइरहेको छ,’ सामाजिक सञ्जाल ट्वीटरमा आज (शुक्रबार) रावलले लेखेका छन्, ‘यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन, स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ ।’

पछिल्लो समय नेकपाको आन्तरिक विवादमा राष्ट्रपति भण्डारी अध्यक्ष केपी ओलीको पक्षमा लागेको आरोप लाग्दै आएको छ । राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो नेकपा उपाध्यक्ष वामदेव गौतम र बुधबार गृहमन्त्री रामबहादुर थापा बादललाई शीतलनिवास बोलाएर भेट गरेकी छन् । बुधबारै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राष्ट्रपति भण्डारीसँग छुट्टै भेटवार्ता गरेका छन् ।

b 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७