भारतीय सेना प्रमुख नरवणे ‘माउण्टेन ‘फ्लाइट’ मा, प्रमलाई भेटेर फर्किने


२१ कार्तिक २०७७, शुक्रबार
Mukund Naravane pti 2084064194 1577805423 DfyUV6zOYJ

काठमाडौं, २१ कार्तिक । नेपालको तीन दिने भ्रमणमा रहेका भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे आज नेपालका हिमाल हेर्न माउन्टेन फ्लाइटमा गएका छन् ।

उनलाई विश्वको सर्वोच्च शिखर सगरमाथा, आमादब्लम लगायतका हिमालको दृष्यावलोकन गराइने नेपाली सेनाले जनाएको छ । उनी नेपाली सेनाको अगुष्टा हेलिकप्टर चढेर बिहान आठ बजे सोलुखुम्बु पुगेका छन् । अगुष्टा भीभीआईपीका लागि नेपाली सेनाले खरिद गरेको हेलिकप्टर हो ।

३ हजार ८ सय ८० मिटर उचाइमा रहेको होटल एभरेष्ट भ्यूमा ब्रेकफास्ट गर्ने र हिमालको दृष्य अवलोकन गरेर काठमाडौं फर्किने कार्यक्रम छ । काठमाडौं फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेर उनी आजै स्वदेश फर्किंदै छन् । प्रधानमन्त्रीसँग कति बजे भेट हुने कार्यक्रम तय नभए पनि लगभग २ बजे उनीहरुको बीचमा भेट हुने बताइएको छ ।

भारतीय सेना प्रमुख महारथी मनार्थ उपाधिका लागि नेपाल आएका हुन् । यो बिगतदेखि चल्दै आएको परम्परा हो । तर यस पटकको भ्रमणलाई सबैले चासो पूर्वक हेरिएको छ । दुई देशको सीमा विवाद चलिरहेको बेला भारतीय सेना प्रमुख नरवणेको नेपाल भ्रमणप्रति सबैको चासो बढेको छ ।

प्रधानमन्त्री ओली र भारतीय सेना प्रमुख नरवणेको भेटघाटलाई विशेष रुपमा लिएको छ । उनीहरुको बीचमा विशेष संवाद हुने सम्भावना रहेको बताइएको छ । नेपाली सेनाको मानार्थ महारथीको उपाधि ग्रहण गर्न उनी बुधबार नेपाल आएका थिए ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गरेकी थिइन् । नेपाल आएलगत्तै उनले पशुपतिनाथ र बसन्तपुर क्षेत्रको भ्रमण गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७