‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाउने सरकारको निर्णयमा बाबुरामको प्रतिक्रिया : दाल मे कुछ काला हे


२१ कार्तिक २०७७, शुक्रबार
baburam bhattarai

काठमाडौं, २१ कार्तिक । कुटनीतिक नोटहरुलाई समान बनाउने भन्दै देशको नाम नाम ‘संघीय लोकतान्तिक गणतन्त्र नेपाल’ नलेख्न मन्त्रिपरिषदबाट गरेको निर्णयप्रति जनता समाजवादी पार्टी नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले आपत्ति जनाएका छन् ।

११ असोजको मन्त्रिपरिषद् बैठकबाट ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय भयो । सोही निर्णयअनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्न मातहत निकायमा परिपत्र जारी गरिएको थियो ।

babu

कानुन मन्त्रालयबाट गत असोज २८ मा जारी परिपत्रअनुसार ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को स्थानमा ‘नेपाल’ मात्र लेख्न भनिएको छ । यस्तै अङ्ग्रेजीमा ‘फेडेरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल’ लेख्ने गरेकोमा ‘एनईपीएएल’ मात्र लेख्ने क्याबिनेटबाट निर्णय भएको परिपत्रमा उल्लेख छ ।

साथै ‘विभिन्न कूटनीतिक नियोगबाट हुने पत्राचार र कतिपय सरकारी लिखतहरूमा समेत नेपालको औपचारिक नाम नेपालीमा ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ र अंग्रेजीमा ‘Federal Democratic Republic of Nepal’ लेख्ने गरिएकोमा अब उप्रान्त नेपालको औपचारिक नाम नेपालीमा ‘नेपाल’ र अङ्ग्रेजीमा ‘Nepal’ लेख्न निर्देशन दिइएको छ । यस विषयमा नेपाली कांग्रेसका नेता गगन थापाले समेत आपति जनाउँदै आएका छन् ।

डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्–संयुक्त राष्ट्र संघमा देश र राज्यका नाम उनीहरूको संविधान र राज्य प्रणाली अनुरूप हुने आम प्रचलन हो । सोही अनुसार नेपालको नाम ‘ Federal Democratic Republic of Nepal’ रहेकोमा ओली सरकार किन पछि हटेको हो ? यो स्वीकार्य छैन ! दालमा कालो छ है ! सबैले प्रतिवाद गरौं ! खबरदार ! !

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७