सरकारले ठिक निर्णय गर्‍यो, नेपाल नामअघि विशेषण जोड्न आवश्यक थिएन : कमल थापा


२१ कार्तिक २०७७, शुक्रबार
Kamal Thapa 4

काठमाडौं, २१ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको नाम ‘नेपाल’ अगाडि कुनै विशेषण जोड्न आवश्यक नभएको भनि टिप्पणी गरेका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत सो टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्, ‘संघीयता र गणतन्त्रको विपक्षमा रहेको कारणले भनेको होइन, प्राचीनकालदेखि हाम्रो देशको नाम ‘नेपाल’ हो ।

नामको अगाडि बिशेषण जोड्नु आवश्यक थिएन । सरकारको निर्णय ठीक छ’, उनले भनेका छन्, ‘नाम अगाडि रहेका विशेषण हटाउँदा षडयन्त्र भएको ठान्नेहरूको मनस्थितिबाट प्रष्ट हुन्छ, ती मान्यता कति कमजोर धरातलमा खडा गरिएको रहेछ ।’

kamal thapa MH7vDQYAVf

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७