२०७७ कार्तिक २२ गते शनिबारका तपाईकोे राशिफल


२२ कार्तिक २०७७, शनिबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज वाक्चतुर्याईले सङ्कल्प सिद्ध हुनेछ । नयाँ र शुभ समाचार सुन्नमा आउला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज शुभकार्यको चर्चा चल्ने छ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आकस्मिक धन लाभ हुनेछ । विश्वास गरेकाले साथ दिनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मन खिन्न हुने स्थिति आउने छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मानसिक चिन्ता बढ्ने छ । दबाब र तनाव बढेको महसुस हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज शुभकार्यको चर्चा चल्ने छ । परोपकारमा रुची बढ्ने छ । वाक्चतुर्याईले सङ्कल्प सिद्ध हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सरकारी निकाएको भय रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । पुनर्मिलनको योग रहेको छ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला । कार्यमा सफलता पाईने छ । प्रेमीको सहयोग पाईने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रमाइलो यात्राको योग रहेको छ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । नयाँ कार्यको योजना बन्ने छ । आँटेको र ताकेको कार्य पुरा होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज जोश, जाँगर र हिम्मत बढ्ने छ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । सन्तान सुख मिल्ने छ । इच्छा र आकांक्षा पूर्ण हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
समाज सेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शत्रु पराजित हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योग छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७