चार राज्यमा बाइडेन र दुई राज्यमा ट्रम्पको अग्रता, जर्जियामा पुनः मत गणना गरिने

बाइडेन राष्ट्रपति निर्वाचित हुने करिब सुनिश्चित


२२ कार्तिक २०७७, शनिबार
trumpsss

काठमाडौं, २२ कार्तिक । अमेरिकी राष्ट्रपति निर्वाचनको दौडमा डेमोक्रेट तर्फका उम्मेद्वार जो बाइडेनले आफ्नो अग्रता कायम राखेका छन् ।

मतगणना भइरहेका राज्यमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन अग्रस्थानमा छन् । जर्जिया, नेभादा, पेन्सिलभेनिया, एरिजोना राज्यमा राष्ट्रपति डोनल्ड ट्रम्प पछि परेका छन् । ताजा मत परिणामलाई हेर्दा बाइडेन राष्ट्रपति निर्वाचित हुने करिव सुनिश्चित जस्तै देखिएको छ । राष्ट्रपति ट्रम्पले अलास्का र नर्थ क्यारोलिनामा अग्रता कायम गरेका छन् ।

गणना हुन बाँकी रहेको मत हुलाकमार्फत् हालिएको मतपत्र भएको र मेल इन बक्समा आएका धेरैजसो मत डेमोक्रेटका पक्षमा देखिएकाले बाइडेनले अन्तिमसम्म आफ्नो अग्रता कायम राख्न सक्ने अनुमान गरिएको छ । यसैबीच निर्वाचन अधिकारीहरुले १६ इलेक्टोरल कलेज भएको जर्जियामा पुनः मत गणना गरिने जनाएका छन् ।

निर्वाचन मत परिणामका लागि जर्जिया राज्य अहम सावित हुन सक्ने भएको छ । फक्स न्यूजका अनुसार बाइडेनको पक्षमा २ सय ६४ मत पुग्ने प्रष्ट भैसकेको छ भने ट्रम्पको खातामा २ सय १४ इलेक्टोरल मत छ ।

यसैबीच बाइडेनले आफू जित्ने निश्चित भए विजेताका रुपमा आफ्नो राज्य डेलाबरमा विजयी मन्तव्य दिने तयारी गरेका छन् । उता राष्ट्रपति ट्रम्पले भने बाइडनलाई विजय भएको गलत दाबी नगर्न चेतावनी दिंदै विभिन्न राज्यमा मतगणनाका सम्बन्धमा कानुनी प्रक्रिया शुरु भएको स्मरण गराएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७