अस्पतालबाट मनोज गजुरेलले भने, ‘हिजोभन्दा धेरै राम्रो भएको छ’


२२ कार्तिक २०७७, शनिबार
manoj gajurel1

काठमाडौं, २२ कार्तिक । कोरोना भाइरस सङ्क्रमित भएपछि अस्पताल भर्ना भएका कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।

शुक्रबार राति अस्पतालबाटै फेसबुकमा स्टाटस लेखेर उनले आफूलाई निकै सुधार भएको बताएका छन् । ‘आराम छु, आरामको कामना गर्दछु । हिजोभन्दा आज धेरै राम्रो भइरहेको छ । स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यवाद’ गजुरेलले फेसबुकमा लेखेका छन् ।

post iCRqUaHfFq

कोरोना सङ्क्रमणपछि होम आइसोलेशनमा बसेका गजुरेलको स्वास्थ्यमा कठिनाइ आएपछि बुधबार सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना गरिएको थियो । उहाँलाई अक्सिजनको कमी भएको र फोक्सोमा सङ्क्रमण देखिएको डाक्टरहरुले बताएका छन् ।

कलाकार गजुरेलले गएको १० गते आफू कोरोना सङ्क्रमित भएको फेसबुकमार्फत सार्वजनिक गरेका थिए । उनले घरमै आइसोलेशनमा बसेर घरेलु उपचार गरिरहेको पनि जानकारी गराएका थिए । चार दिनअघि पनि उनले फेसबुक स्टाटस लेखेर अझै पूर्ण सुधार नभइसकेको र शरीरले फरक–फरक क्रिया – प्रतिक्रिया देखाइरहेको उल्लेख गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७