कोहलपुर महोत्सवमा सरस्वतीले एकाएक कपडा खोलेपछि…


२८ माघ २०७४, आईतवार
Saraswati 2 1

बाँके, २७ माघ : बाँकेको कोहलपुरमा जारी कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सवको दोस्रो दिन शनिबार गायिका सरस्वती लामाको सांगितिक प्रस्तुतिका दिएकी थिइन् ।  तर  लामाले महोत्सवमा एउटा गीत गाएर दोस्रो गीत ‘काले दाई काले दाई’ गाउने क्रममा शरिरमा लगाएका कपडा एकपछि अर्को खोल्न थालेपछि सहभागी युवाहरु अनियन्त्रित भएपछि लामाको प्रस्तुति बीचमै रोकियाे । Saraswati 2 1

लामाको गीतसँगै सहभागी युवाहरु उच्छृंखल भई अश्लीलता प्रदर्शन गर्न लागेपछि प्रहरीले बल प्रयोग गर्नु परेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो ।  कार्यक्रम स्थलबाट प्रहरीले ३ जना युवालाई नियन्त्रणमा लिइएको र अन्यको खोजी भइरहेको डिएसपी भट्टराईले जानकारी दिए ।

सरस्वती लामाको प्रस्तुति अश्लील र विवादित हुने भन्दै प्रहरीले आयोजक कोहलपुर उद्योग वाणिज्य संघका पदाधिकारीलाई सरस्वती लामाको कार्यक्रम नराख्न अनुरोध गरेको थियो । तर आयोजकले ल्याउने अडान राखेपछि बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसीले पनि मर्यादित कार्यक्रम गर्न आयोजकको ध्यानाकर्षण गराएको थियो ।

प्रहरीले विवादका बीचमा लामालाई सुरक्षित रुपमा महोत्सवको सचिवालयमा पुर्‍याएको थियो । कोहलपुर महोत्सवमा शनिबार गायक स्वरुपराज आचार्य, कमल खत्री र नायिका केकी अधिकारीको पनि प्रस्तुति थियो ।sarswati lama 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७